नियम ८४
सङ्कल्पको सूचना
(१) सङ्कल्प प्रस्तुतकर्ताले आफुले पेश गर्न चाहेको सङ्कल्पको सूचना सचिवलाई दिनु पर्नेछ । त्यस्तो सङ्कल्प प्रस्ताव सचिवालयमा दर्ता भएको सात दिन पछिको बैठकमा छलफल गर्न सकिनेछ । तर कुनै मन्त्रीले सूचना दिएको सङ्कल्प तीन दिन पछिको बैठकमा छलफल गर्न सकिनेछ ।
(२) मन्त्री बाहेक अन्य कुनै सदस्यले सभामुखको अनुमति नलिई एउटै अधिवेशनमा तीनभन्दा बढी सङ्कल्पको सूचना दिन पाउने छैन ।